धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

भारतीय नागरिकको गुनासो – ‘उपचार गर्न पनि नेपाल आउन पाइदैन’

भारतीय नागरिकको गुनासो – ‘उपचार गर्न पनि नेपाल आउन पाइदैन’

धनगढी

  भारतीय नागरिकले उपचारका लागि नेपाल आउन दिन आग्रह गरेका छन् । आँखाको उपचारका लागि भारतका विभिन्न स्थानबाट कैलालीको गेटा आँखा अस्पताल आउन सीमामा पुग्ने भारतीय नागरिक सीमा बाटै फर्कने गरेका  छन् ।

 नेपालीहरु दैनिक भारत जान थालेपछि सीमा खेलेको हुन सक्ने आँकलनले नेपाल गेटाका लागि आउने गरेपनि नेपाल सरकारले सीमा खोल्ने निर्णय नगरेका कारण पुनः भारत तर्फ जाने गरेका हुन् ।

भारतको उत्तर प्रदेश स्थित पलिया कला खिरिका राजिब बल्लभले उपचारका लागि आउने नागरिकलाई सीमा बाटै फर्काइदा दुः लागेको बताए । मेरो ११ बर्षे छोराको आँखामा चोट लागेपछि पलियाबाट गेटा जान सीमामा पुगेको हुँ उनले भने–‘तर प्रहरी जानै दिएन, रोगि छोरालाई लगेर पुनः पलिया जाँदैछु ।

रात भर सीमा स्थलमै जाग्रम बसेर बुधबार बिहान गेटा आँखा अस्पताल जान खोज्दा प्रहरीले उनलाई नेपाल प्रवेस गर्न दिएन । प्रहरी संग लाख कोसिस गर्दा पनि नेपाल आउन नदिएपछि उनि निरास हँदै पलिया फर्के ।

उनि जस्ता धेरै नागरिक आँखाको उपचारका लागि दैनिक गौरिफण्टा नाका पुग्ने गरेका भएपनि उनिहरु नेपाल प्रवेस गर्न नपाएरै सीमा क्षत्रबाट भारत फर्कने गरेका छन् ।

कैलाली संग सीमाना जोडिएका भारतका हजारौं नागरिक कैलालीको गेटा आँखा अस्पतालमा उपचारका लागि आउने गर्दथ्य । तर कोरोना कहर संगै नेपाल सरकारले सीमा नाका बन्द गरेपछि हाल सम्म कुनै पनि नागरिक गेटा आँखा अस्पताल आउन सकेका छैनन् ।

गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापन रमेश चन्द्र भट्टका अनुसार सीमा नाका सील हुँदा गेटा आँखा अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या ४० प्रतिशत घटेको छ ।

अघिल्लो आर्थिक बर्ष २०७६÷०७७ मा गेटा आँखा अस्पतालबाट सेवा लग्ने ९५ हजार ९ नागरिक मध्य ४० प्रतिशत भारतीय नागरिक थिए । जुन चैत सम्मको मात्रै तथ्याङ्क हो । तर त्यस यताका ६ महिनामा भने १० हजार नागरिकले मात्रै गेटा आँखा अस्पतालबाट सेवा लगेका छन् । ती सवै नेपाली नागरिक मात्रै हुन् ।

उनले आँखाको उपचारका लागि गेटा आउन भारतीय नागरिक आतुर रहेका बताए । भारतका विभिन्न स्थानबाट नागरिक हरु कहिले सीमा खेल्छ ? भन्दै चासोका साथ फोन गर्ने गर्दछन् भट्टले भने–‘तर हामीले त्यसको जवाफ दिन सक्दैनौं । खुले पछि आउनुहोला भन्दै टार्ने गरेका छौं ।

उपचार गर्न आएका भारतीय नागरिकलाई सीमा बाटै फर्काउनुमा नेपाल प्रहरीको भने भने कुनै रिसिवि वा स्वार्थ छैन । नेपाल सरकारले चैत १० गते देखी सीमा बन्द गर्दै विदेशी नागरिकलाई नेपाल प्रदेश गर्न नदिने निर्णय गरेपछि सरकारको सो निर्णय प्रहरीले कार्यान्वयन मात्रै गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले संघिय सरकारबाट विदेशी नागरिक आउन दिने निर्णय नगरेका कारण भारतीय नागरिकलाई सीमा बाटै फार्काउनु परेको बताए । हाम्रा नागरिकलाई भारत सरकारले धमाधम जान दिएपनि भारतीय नागरिक प्रवेस गर्न दिने कुनै निर्णय नेपाल सरकारले गरेको छैन । प्रमुख जिल्ला अधिकारी बोहराले भने–‘यसले केही समस्या भने भएको छ, तर हामीले केही गर्न सक्दैनौं ।

गौरिफण्टा नाका स्थित सीमा सुरक्षामा खटिएका भारतीय एसएसबिले भने आफ्ना नागरिक उपचारका लागि समेत नेपाल प्रवेस गर्न नपाउँदा दुःख लाग्ने गरेको बताए ।

हामीले धमाधम नेपाली नागरिकलाई भारत प्रवेस गर्न दिएका छौं नाम खुलाउन नचाहने भारतीय एक सुरक्षा अधिकारीले भने–‘तर रोगले छटपटाएका हाम्रा नागरिक उपचारका लागि नेपाल प्रवेस गर्न खोज्दा समेत जान दिइदैन, निक्कै दुःख लाग्ने गरेको छ ।