धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

डडेल्धुरा परिक्षणमा थप ११ जनामा संक्रमण पुष्टि

डडेल्धुरा परिक्षणमा थप ११ जनामा संक्रमण पुष्टि

धनगढी

 डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

 प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले बैतडीको पुर्चौडी नगरपालिकाका नौँ जना, पाटन नगरपालिकाका एक जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।

 ति मध्य डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  छ ।


ट्रेन्डिङ