धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बिहिवार सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

बिहिवार सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 बिहिवार सुदूरपश्चिम प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न जिल्लामा रहेका ४ वटा प्रयोगशालामा गरि ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

   सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा बिहिवार गरिएको परिक्षणमा कैलालीका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । जसमा १७ जना धनगढी उपमहानगरपालिकाका बिभिन्न वडाका रहेका छन् ।

  सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार  पछिल्लो २४ घण्टामा तीन सय ४९ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का ४ महिला र ६ पुरुष गरी १० जना, वडा नम्बर २ का चार पुरुष र वडा नम्बर १२ का एक महिला र दुई पुरुष गरी तीन जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

  यस्तै लम्कीचुहा नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चार जना, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

 जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहका अनुसार बैतडीका २ र दार्चुलाका १ जनालाई संक्रमण पुष्टि भएको हो । उनले बैतडीको दोगडाकेदार गाउँपालिका ३ का २१ वर्षीय पुरुष, दशरथचन्द नगरपालिका ९ का ५९ वर्षीय पुरुष र नेपाल टेलिकम दार्चुलामा कार्यरत ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए ।

 यसैगरी डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । १ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका दुई÷दुई जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

 विहिवार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

 प्रयोगशालाका इन्चार्ज इश्वरी भूषालले बैतडीको पुर्चौडी नगरपालिकाका नौँ जना, पाटन नगरपालिकाका एक जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए । ति मध्य डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको   छ ।