धनगढी पोष्ट
शुक्रबार, ०९ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी कैलालीमा कोरोना संक्रमण पुष्टि भएका मध्य सक्रिय संक्रमितको संख्या ४ सय ७६ पुगेको छ ।
बिहीबार सम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ९ सय ६२ सक्रिय संक्रमित रहेकोमा कैलालीमा मात्रै ४ सय ७६ जना रहेका छन् ।
कैलालीमा हाल सम्म दुई हजार दुई सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७ जनाको मृत्यु भएको छ, भने १ हजार ७ सय ४४ जना कोरोना संक्रमण मुक्त भएर घर गएका सुदूरपपिश्चम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।