धनगढी पोष्ट
शुक्रबार, ०९ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ ।
सक्रिय अवस्थामा रहेका ९ जना कोरोना संक्रमित निकोभएर सबहीबार घर गए संगै बाजुरा जिल्ला शुन्य संक्रमित जिल्ला बनेको हो ।
बाजुरामा हाल सम्म ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको छ भने ५ सय ७४ जना संक्रमण मुक्त भएर घर गएका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाजुरका प्रमुख दयाकृष्ण पन्तका अनुसार पछिल्लो २० दिन यता बाजुरामा कोरोनाका नयाँ संक्रमित फेला परेका छैनन् ।
हाल कोरोना परिक्षका लागि स्वाव समेत नरहेको उनले बताए ।