धनगढी पोष्ट
शुक्रबार, ०९ असोज २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका पाँच सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ३ सय २७ जनाको परिक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ६ र १० का एक÷एक जना, गोदावरी नगरपालिका ११ र टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का १ जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।