धनगढी पोष्ट
शुक्रबार, ०९ असोज २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशीक अस्पताल धनगढी र डोटी अस्पतालकोकोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षण्मा शुक्रबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय २७ स्वव परिक्षणमा ७ र डोटीमा गरिएको ४८ स्वाव परिक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका–३, ६ र १० नम्बर वडाका एक÷एक जना, गोदावरी नगरपालिका ११ र टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
सेतीकै परिक्षण्मा कञ्चनपुरको वेदकोट नगरपालिका– ९ का १ जना र दार्चुलाको महाकाली नगरपालिका–४ का एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसै गरी डोटीमा गरिएको परीक्षणमा डोटीको आदर्श गाउँपालिकाका दुई जना, अछामको बान्नीगढीका २० र चौरपाटीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।