धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

देशभर थप १२०७ जनामा कोरोना पुष्टि, ११४७ जना डिस्चार्ज

देशभर थप १२०७ जनामा कोरोना पुष्टि, ११४७ जना डिस्चार्ज

धनगढी

  नेपालमा शनिवार थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१  पुगेको छ ।

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

  पछिल्लो २४ घण्टामा १० हजार १९  जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन् । यस्तै ६ हजार ३ सय ३१ जना क्वारेन्टिनमा छन् ।


ट्रेन्डिङ