धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

सेतीको परिक्षणमा कैलालीका ५४ सहित ६८ जना संक्रमित थपिए

सेतीको परिक्षणमा कैलालीका ५४ सहित ६८ जना संक्रमित थपिए

धनगढी

  धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ५४ सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको कोरोना परीक्षण गरिएकोमा ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

बिज्ञप्ती अनुसार कैलालीको धनगढी उपमहानगरपालिका अवडा नम्वर १ का ११ जना, वडा नम्वर २ का ६ जना, वडा नम्वर ३ का चार जना र वडा नम्वर ४ का तीन जनामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नम्वर ५ का एक जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर ७ का एक जना, वडा नम्वर ८ का पाँच जना र वडा नखुलेका तीन जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

यसैगरीे गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिका वडा नम्वर ४ का चार जना, बर्दगोरीयाका ५ जना र घोडाघोडीका दुई जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

 बिज्ञप्ती अनुसार कञ्चनपुरको महाकाली नगरपालिकाका दुई जना, भीमदत्त नगरपालिकाका तीन जना, शुक्लाफाँटाका एक जना, बेलौरीका चार जना, बेल्डाँडीका तीन जना, मंगलसेन अछामका एक जनामा संक्रमण पुष्टि भएको छ ।