धनगढी पोष्ट
शनिबार, १० असोज २०७७ मा प्रकाशित
धनगढी
धनगढी स्थित मालपोत कार्यालयमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा धनगढी उप–महानगरपालिकाका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना मालपोत कार्यालय कैलालीका लेखनदास रहेका धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा संयोजक लक्ष्मिराज उपाध्यायले बताए । मालपोत कार्यालयमा कार्यरत १ जना कर्मचारीका यस अघिपनि कोरोना संक्रमण पष्टिी भएको थियो ।