धनगढी पोष्ट आइतबार, २७ पुष २०८२   January 11, 2026

अन्तरपार्टी महिला संजालद्धारा बझाङमा वालिका हत्या घटनाको छानविन माग

अन्तरपार्टी महिला संजालद्धारा बझाङमा वालिका हत्या घटनाको छानविन माग

धनगढी

  अन्तरपार्टी महिला संजाल सुदूरपश्चिम प्रदेशले विभत्स हत्या गरिएकी बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको न्यायको लागि माग गरेको छ ।

  संजालकी प्रदेश अध्यक्ष देवकी मल्ल थापाले शनिवार एक प्रेस बिज्ञप्ती जारी गरि बझाङको मष्टा गाउँपालिका वडा नंम्बर २ कि १२ बर्षिय सम्झाना कामीको असोज ७ गते राती नग्न अबस्थामा शब फेला परेको घटना प्रति गम्भिर ध्यानकर्षण भएको जनाएकी छन् ।

  अध्यक्ष मल्ल थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा तिनै तहका सरकार लाई वाल अधिकारको संरक्षण गरि वालवालिकाको रक्षा गर्न आग्रह गरिएको छ । साथै बझाङको घटनाको यथासिघ्र छानविन गरि दोषिलाई कडा कार्वाही गर्न बिज्ञप्तीमा माग गरिएको छ ।

गएको बुधबार बझाङमा हजुरबुवाको संरक्षणमा बस्दै आएकी बालिका सम्झनाको विभत्स हत्या गरिएको अवस्थामा घर नजिकैको मन्दिरमा शव फेला परेको थियो । प्रहरीले सम्झनाको बलात्कारपछि हत्या भएको अनुमान गरे पनि शव परीक्षणको रिपोर्ट प्राप्त भइसकेको छैन ।