धनगढी पोष्ट मङ्गलबार, ११ कार्तिक २०८२   October 28, 2025

कोरोना संक्रमितको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका सिल

कोरोना संक्रमितको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका सिल

धनगढी

 बैतडीको पुर्चौडी नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ ।

कोरोना संक्रमितको मृत्यु भएपछि नगरपालिकामा बसेको आकस्मिक बैठकले पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गर्ने निर्णय गरेको हो ।

आइतबार अर्थात आज देखि नै स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने पुर्चौडी नगरपालिकाले जनाएको छ ।

 बैठकले नगरपालिकामा रहेका सबै विद्यालय, वित्तिय संस्था, सरकारी कार्यालयहरु बन्द रहने निर्णय गरेको छ । भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय पुरुष घर नजिकै मृत अवस्थामा फेला परेका थिए ।

 मृत भेट्टिएका ती पुरुषमा शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी परीक्षण गर्ने निर्णय समेत गरेको छ ।

 बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नगरपालिकाले त्यसै ठाउँका संक्रमितको मृत्यु पछि आफ्नो क्षेत्र भित्र बजार, ब्यबसाय बन्द गर्ने निर्णय गरेको बताए ।