धनगढी पोष्ट
आइतबार, ११ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङका १ प्रहरी सहित २४ जनामा काराना संक्रमण पुष्टि भएको छ ।
बझाङ जिल्ला अस्पतालमा गरिएको ५९ जनाको स्वाव परिक्षणमा १ प्रहरी सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
उनका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत १ प्रहरी छन् ।
यसै गरी खप्तड छान्ना गाउँपालिकाका दुई महिला, तल्कोट गाउँपालिकाका १ पुरुष, मष्टा गाउँपालिकाका १५ पुरुष र ५ महिलामा समेत आइतबार कोरोना संक्रमण पुष्टि भएको सम्पर्क व्यक्ति जोशीले बताए ।