धनगढी पोष्ट
आइतबार, ०१ असार २०७७ मा प्रकाशित
सुखड
अन्नदान महादान भन्ने नारा सहित जन उत्थान तथा चुरे संरक्षण विकास मञ्चले मुठ्ठि दान महादान अभियान सुरु गरेको छ । आर्थिक विपन्नता तथा क्वारेनटाइनमा बसेका ब्यक्तिहरुका लागि अभियान सञ्चालन गरिएको जन उत्थान तथा चुरे संरक्षण विकास मञ्चका संयोजक सुनिल के सी ले बताए ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमणका कारण सरकारले गरेको लकडाउनले काम गरिखाने बर्गहरुलाइ जिविकोपार्जन गर्न मुस्किल भइरहेको यो अवस्थामा केहि सहज होस भन्ने उदेश्यले राहत संकलनमा जुटेको उनले बताए । राहत संकलनको पहिलो दिन करिब दुइ क्वीन्टल चामल, १२ किलो दाल, ३ हजार ३ सय २० रपेया नगद रकम सकलन भएको छ ।
बिपन्न बर्गका लागि केही सहज होस भनेर वडासंग समन्वय गरि राहत संकलन शुर गरिएको संयोजक केसीले बताए
राहत संकलनमा सभागी भएका युवा समाजसेवी दिनेश बमले एक मुठी अन्नदानले सन्कटमा परेकाहरुको छाक टार्न सहयोग पुग्ने हुदा सबैले आ अफ्नो ठाउबाट सहयोग गर्न आग्रह गरे ।
राहत संकलनको कार्य घोडाघोडीनगरपालिका वडा नम ८ का अध्यक्ष भीम बोगटीको घरबाट गरिएको थियो । बोगटीले राहत संकलनका लागि गरिएको यो कार्य सराहनिय रहेको बताउदे यसमा पुर्ण सहयोग रहने बताए ।