धनगढी पोष्ट आइतबार, २७ पुष २०८२   January 11, 2026

कैलालीका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका ४७ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा आइतबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पताको प्रयोगशालामा गरिएको ४ सय ४ जनाको स्वाव परिक्षणमा धनगढीका १३, गोदावरीका १३ र टिकापुर नगरपालिकाका २१ तथा कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा धनगढी १, ५ र ८ नम्बर वडाका १÷१ जना, धनगढी २ का ४, वडा नम्बर ३ का तीन र ठेगाना नखुलेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यसै गरी आइतबार नै गोदावरी नगरपालिकाका १३ पुरुष, टिकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना र कञ्चनपुरको भिमदत्त नगरपालिका१० का १ महिलामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।