आइतबार सुदूरपश्चिमका थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार सुदूरपश्चिमका थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पताल, डोटी अस्पताल र बझाङ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

 आइतबार बझाङ जिल्ला अस्पतालमा गरिएको ५९ जनाको स्वाव परिक्षणमा १ प्रहरी सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

 उनका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत १ प्रहरी छन् ।

 यसै गरी खप्तड छान्ना गाउँपालिकाका दुई महिला, तल्कोट गाउँपालिकाका १ पुरुष, मष्टा गाउँपालिकाका १५ पुरुष र ५ महिलामा समेत आइतबार कोरोना संक्रमण पुष्टि भएको सम्पर्क व्यक्ति जोशीले बताए ।

यसै गरी जिल्ला अस्पताल डोटीमा गरिएको ६५ जनाको स्वाव परिक्षणमा बोगटान फुडसिल गाउँपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ल्याव इन्चार्ज सौरभ श्रेष्ठले बताए ।

 पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पताको प्रयोगशालामा गरिएको ४ सय ४ जनाको स्वाव परिक्षणमा कैलालीका ४७ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा धनगढी १, ५ र ८ नम्बर वडाका १÷१ जना, धनगढी २ का ४, वडा नम्बर ३ का तीन र ठेगाना नखुलेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसै गरी आइतबार नै गोदावरी नगरपालिकाका १३ पुरुष, टिकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना र कञ्चनपुरको भिमदत्त नगरपालिका१० का १ महिलामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।