एकैदिन झण्डै १६ सय जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन झण्डै १६ सय जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 नेपालमा एकै दिन १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 देशभरका प्रयोगशालामा १० हजार १ सय २३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस सँगै कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

  उनीहरुमध्ये ४ सय ७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८ सय ९८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

  देशभरमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।