धनगढी पोष्ट
आइतबार, ११ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ ।
आइतबार धनगढी उप–महानगरपालिकाका थप १३ जनामा कोरोना संक्रमित थपिए संगै सक्रिय संक्रमितको संख्या १ सय १४ पुगेको उप–महानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत लक्ष्मीराज उपाध्यायले बताए ।
उनका अनुसार हाल सम्म धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमण पुष्टि हुने नागरिकको कुल संख्या ५ सय ८४ पुगेको छ । धनगढीमा शनिबार पनि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।