धनगढी पोष्ट
सोमबार, १२ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा कार्यरत १ सय ५२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार धनगढीमा कार्यरत थप ५ जना र एक जना बझाङमा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएसंगै संक्रमित प्रहरीको संखया १ सय ५२ पुगेको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आईतबार थप पाँच जना प्रहरीमा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयमा निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिहले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना र सशस्त्र प्रहरी गुल्म धनगढीका चार जना गरी पाँच प्रहरीमा कोरोना पुष्टि भएको जानकारी दिए ।
यस्तै आईतबार नै बझाङमा कार्यरत थप एक प्रहरीमा पनि संक्रमण पुष्टि भएको निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए । उनीहरु मध्ये ९० जना प्रहरीले कोरोना जितिसकेका छन् भने ५६ जना संक्रिय संक्रमित रहेका छन् ।