धनगढी पोष्ट आइतबार, २७ पुष २०८२   January 11, 2026

धनगढी–१ की कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी–१ की कोरोना संक्रमित महिलाको मृत्यु
file photo

धनगढी

 धनगढीउपमहानगरपालिका१ की कोरोना संक्रमित वृद्ध महिलाको मृत्यु भएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार असोज १० गते कोरोना संक्रमण पुष्टि भई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराई रहेकी ६३ बर्षिया महिलाको सोमबार मृत्यु भएको हो ।

 असोज ७ गते स्वास प्रशस्वासमा समस्या भएपछि सेतीमा भर्ना भएकी ती महिलामा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै धनगढीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।