धनगढी पोष्ट
सोमबार, १२ असोज २०७७ मा प्रकाशित
धनगढी
कैलालीका २६ सहित सुदूरपश्चिम प्रदेशमा सोमबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतामा ३४, बझाङ जिल्ला अस्पतामा १७ र डोटी अस्पतालको प्रयोगशालामा १३ गरि सोमबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार नै कोरोना संक्रमण भई सेती अस्पतालमा उपचाररत धनगढीकी १ महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा सेती प्रादेशिक अस्पतामा गरिएको २ सय ३३ जनाको स्वाव परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा धनगढीका ९ महिला र ९ पुरुष गरी १८ जना, घोडाघोडीका १ महिला १ पुरुष, जोशिपुरका १ महिला १ पुरुष रहेका छन् ।
यसै गरी कञ्चनपुरको भिमदत्तनगर नगरपालिका–११ का १ महिला ६ पुरुष तथा शुक्लाफाँटा नगरपालिकाका १ पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
यसै गरी बझाङ जिल्ला अस्पतालमा गरिएको दुई सय ५३ जनाको स्वाव परिक्षण मध्य १७ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा छविसपाथिभेरा गाउँपालिकाका ५ जना, बुगल नगरपालिकाका २ जना, मष्टा गाउँपालिकाका ४ जना, दुर्गाथली गाउँपालिकाका ३ जना र केदारस्यू गाउँपालिकाका ३ जना रहेका स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायाण जोशीले बताए ।
यसैगरी सोमबार नै डोटी अस्पतालको प्रयोगशालामा गरिएको ८३ स्वाव परिक्षणमा रामारोसन गाउँपालिका अछामका ११ र मंगलशैनका २ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरब श्रेष्ठले बताए ।