धनगढी पोष्ट
मङ्गलबार, १३ असोज २०७७ मा प्रकाशित
धनगढी
कोरोना संक्रमितको संख्या बढेको भन्दै अछामको बान्निगढी जयगढ गाउँपालिकालाई एक हप्ता सिल गर्ने यिनर्णय गरिएको छ ।
गाउँपालिकामा कोराना संक्रमण बढेपछि सोमबार बसेको कार्यपालिकाको बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङगानाले बताए ।
गाउँपालिकाको वडा नम्बर ३ का ३४ वर्षीय पुरुषको ज्यान गएको र आइसोलेसनमा बसेकाहरुमा समेत कडा खालको लक्षण देखिएकाले असोज १९ गते सम्मका लागि गाउँपालिका सील गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ढुङगानाले बताए ।