धनगढी पोष्ट
मङ्गलबार, १३ असोज २०७७ मा प्रकाशित
धनगढी
गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले अत्यावश्वक सेवा बाहेकका काम हरु १ साताका लागि बन्द गरेको छ ।
सोमबार प्रमुख प्रशासकिय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार देखी सेवा प्रवाह बन्द गरिएको नगरपालिकाकी उप–प्रमुख अञ्चला चौधरीले बताइन् ।
कार्यालय प्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि गौरिगंगा नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधी गरी ९१ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गर्ने तयारी भइरहेको उप–प्रमुख चौधरीले बताइन् ।