धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सुदूरपश्चिमका ८५ प्रतिशत कोरोना संक्रमित निको भए

सुदूरपश्चिमका ८५ प्रतिशत कोरोना संक्रमित निको भए

धनगढी

 सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भई निको हुनेको संख्या ६  हजार नाघेको छ ।

 मंगलबार सेती प्रादेशिक अस्पताल, दार्चुला, बैतडी, डोटी र टिकापुर अस्पतालबाट ९ जना संक्रमित निकोभएर घर फर्के संगै प्रदेशमा संक्रमण निको हुनेको संख्या ६ हजार १ सय १० पुगेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

 सुदूरपश्चिम प्रदेशमा हाल ७ हजार १ सय ५० जनामा संक्रमण पुष्टि भएकोमा ८५ प्रतिशत संक्रमित निको भएर घर गएका स्वास्थ्य निर्र्दशनालयको विज्ञप्तिमा उल्लेख छ ।

 निर्देशनालयका अनुसार सुदूरपश्चिममा हाल सम्म ८४ हजार ३ सय २७ जनाको स्वाव परिक्षण गरिएकोमा ८३ हजार २ सय ९७ जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ७ हजार १ सय ५० जनामा संक्रमण पुष्टि हुँदा १ हजार ३० जनाको परिक्षण रिपोर्ट आउन बाँकी छ ।


ट्रेन्डिङ