धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिममा बुधबार एकैदिन एक सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रलायका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार बुधबार सेती प्रादेशिक अस्पतालमा ३ सय ६१ जनाको स्वाव परीक्षण गर्दा एक सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरुको ठेगाना भने गोप्य राखिएको छ ।

 यसैगरी बझाङमा बुधबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङमा गएिको १ सय २७ जनाको स्वाव परिक्षणमा १ नयाँ संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

 डोटी जिल्ला अस्पतालमा गरिएको परिक्षणमा डोटीका ७ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिका डोटी जिल्ला अस्पतालमा गरिएको ५६ जनाको स्वाव परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ल्याब इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

 उनका अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा दिपाय सिलगढी नगरपालिकाका ३ जना, केआई सिंह गाउँपालिकाका १ जना, बोगटान गाउँपालिकाका २ जना र शिखर नगरपालिकाका १ तथा अछामको बान्नि गढीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

 बधबार नै डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा ३९ जनाको स्वाव परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोशाला इन्चार्ज जिनी गणेजुले बताए ।

 उनका अनुसार संक्रमण पुष्टि हुनेमा डडेल्धुराकै नवदुर्गा गाउँपालिकाका २ जना रहेका छन् ।