धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

धनगढीमा मात्र बुधबार ९० जनामा संक्रमण पुष्टि

धनगढीमा मात्र बुधबार ९० जनामा संक्रमण पुष्टि

धनगढी

   धनगढी उपमहानगरपालिकामा मात्र एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ९० जनामा संक्रमण पुष्टि भएको हो ।

  सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार वडा नम्वर १ का २६ जना, वडा नम्वर २ का २२ जना, वडा नम्वर ३ का नौँ जना, वडा नम्वर ४ का १० जनामा संक्रमण पुष्टि भएको छ ।

वडा नम्वर ५ का चार, वडा नम्वर ६ का दुई, वडा नम्वर ७ का चार, वडा नम्वर ८ का सात, वडा नम्वर ११, १२, १३ र १८ का एक÷एक जना र वडा नम्वर १९ का एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ । यो संगै धनगढीमा संक्रमितको संख्या सात सय पुगेको छ ।


ट्रेन्डिङ