बुधबार थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

बुधबार थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

धनगढी

 बुधबार नेपाल प्रहरीका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत ५ जना, प्रदेश ट्राफिक प्रहरी कार्यालयका १ जना सशस्त्र प्रहरी गुल्मका ९ जना र सशस्त्र प्रहरी गणका १ जनामा संक्रमण पुष्टि भएको हो ।

 बुधबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुने प्रहरीको संख्या १ सय ७० पुगेको छ । संक्रमित मध्य ९० जना निको भएर काममा फर्केका प्रदेश प्रहरी प्रबक्ता एसएसपि मुकेस कुमार सिंहले बताए ।

 उनका अनसार बुधबार थपिएका संक्रमित सहित सुदूरपश्चिममा कोरोना संक्रमण भई उपचार गराई रहेका प्रहरीको संख्या ८० छ ।