धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025
क्वारेन्टिनमा बलात्कार प्रकरण

तोडफोड गर्नेमाथि कारवाहीको माग राख्दै वडा कार्यालयको सेवा बन्द

वडा अध्यक्ष जनक बहादुर बमले बिज्ञप्ति जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही नगरेसम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने जनाएका छन् ।

तोडफोड गर्नेमाथि कारवाहीको माग राख्दै वडा कार्यालयको सेवा बन्द

धनगढी

     जनप्रतिनिधिलाई गाली गलौच गर्नेमाथि कारवाहीको माग गर्दै  लम्कीचुहा नगरपालिका वडा नम्बर १ वडा कार्यालयले अनिश्चित कालका लागि कार्यालयबाट दिईने सेवा बन्द गरेको छ । 

  वडा अध्यक्ष जनक बहादुर बमले बिज्ञप्ति जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही नगरेसम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने जनाएका छन् ।

 लम्कीचुहा नगरपालिका वडा नम्बर १ को शहिद स्मृती माविको क्वारेन्टिनमा  रहेकी एक महिलालाई बलात्कार गर्नेलाई पक्राउ सहित कारवाहीको माग गर्दै आइतबार लम्कीमा भएको प्रदर्शनमा जनप्रतिनिधिले नै बलात्कारीलाई जोगाएको भन्दै वडा कार्यालय घेराउका साथै नारबाजी गरेका थिए । उक्त क्वारेन्टिनमा बसेकी एक महिलाले  शनिबार राति क्वारेन्टिनमा स्वयमसेवक बसेका ३ जनाले आफुलाई सामुहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् । 

  विज्ञप्तीमा वडाका जनप्रतिनिधी र कर्मचारीको सुरक्षाको प्रत्याभुतिको माग  गरिएको छ । वडा अध्यक्ष बमले जारी गरेको विज्ञप्तीमा उक्त घटनाप्रती खेद प्रकट गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिन माग पनि गरिएको छ । 

  स्थानीयको दवावपछि आईतबार बेलुका बलात्कारको आरोप लागेका तिनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ ।