धनगढी पोष्ट
बिहिबार, १५ असोज २०७७ मा प्रकाशित
धनगढी
कोरोना संक्रमणका कारण कैलालीका थप १ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–१२ की ३० बर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार निमोनिया रोगबाट ग्रसित ती महिला बुधवार बिहान अस्पतालमा भर्ना भएकी थिईन् ।
बुधबार राति ८ बजे नै ती महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए । उनको शव नेपाली सेनाको शव व्यवस्थापन टोलिले व्यवस्थापन गरेको छ ।