धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

जिप्रका कैलालीमा रहेका ७ थुनुवामा कोरोना पुष्टि

जिप्रका कैलालीमा रहेका ७ थुनुवामा कोरोना पुष्टि

धनगढी
 जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका ७ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । 
 जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ७ थुनुवा र ११ प्रहरी सहित १९ जनामा प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

  हिरासतमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई छुट्टै प्रहरी हिरासत कक्षमा राखिएको उनले बताए ।