धनगढीबाट सुदूरपश्चिमका पहाडी तीन जिल्लामा परीक्षण उडान हुने

धनगढी

  धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडान हुने भएको छ । समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो ।

  धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी  दिए । परीक्षण उडानको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई धनगढी आउन लागेको बुढथापाले बताए ।

 सुरुमा धनगढीबैतडी परीक्षण उडानको उद्घाटन गर्ने,त्यसपछि डोटी र बझाङ पुगेर मन्त्री भट्टराईले नै परीक्षण उडानको उद्घाटन गर्ने उनले बताए ।

 परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।