कैलालीको गौरिगंगाका मेयरलाई कोरोना संक्रमण पुष्टि

कैलालीको गौरिगंगाका मेयरलाई कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीको गौरिगंगा नगरपालिकाका मेयर भिमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 असोज ११ गते गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि नगरका थप ९१ जनप्रतिनीधी तथा कर्मचारीको स्वाव परिक्षण गरिएकोमा शुक्रबार मेयर सहित ३ स्यास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको गौरिगंगाकी उपमेयर अञ्चला चौधरीले बताइन्.।

 कोरोना संक्रमण पुष्टि भएका मेयर देउवा होम आइसोलेसनमा बसेका छन् ।