प्रधानमन्त्रीको सचिवालयका चार जनालाई कोरोना संक्रमण

प्रधानमन्त्रीको सचिवालयका चार जनालाई कोरोना संक्रमण

काठमाडौ

   प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ ।

  राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

 उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ थापाले भने–‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।

यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ ।