धनगढी पोष्ट सोमबार, २८ पुष २०८२   January 12, 2026

धनगढीका ३२ सहित थप ७२ जनामा कोरोना संक्रमण

धनगढीका  ३२ सहित थप ७२ जनामा कोरोना संक्रमण

धनगढी

  शनिवार सेती प्रादेशीक अस्पताल धनगढीको  प्रयोगशालामा गरिएको परिक्षणमा धनगढीका ३२ सहित थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ५ सय ४७ जनाको परिक्षण गरिएकोमा कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जना, गोदावरी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिकाका २ जना, गोदावरी कैलालीकै ५ जना, टीकापुर नगरपालिकाका ८ जना र घोडाघोडीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

  यसैगरी कंचनपुरको शुक्लाफाँटा नगरपालिकाका ५ जना, भिमदत्त नगरपालिकाका ८ जना, कंचनपुरकै ४ जना, पुर्नवासका २ जना र कंचनपुरकै एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।