धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

महाकाली अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

धनगढी

   कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाईरसको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा एक दिनका लागि बन्द गरिएको छ ।

  अस्पतालको सघन उपचार कक्ष आईसियुमा उपचाररत विरामीमा कोरोना पुष्टि भएपछि आज एक दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

 अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरीकुमार श्रेष्ठले अस्पताल हाताभित्र स्यानिटाईजेसन गर्नुपर्ने भएकाले एक दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको बताए ।


ट्रेन्डिङ