धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कोरोना संक्रमणका कारण कोहलपुरमा २९ वर्षीया सुत्केरीको मृत्यु

कोरोना संक्रमणका कारण कोहलपुरमा २९ वर्षीया सुत्केरीको मृत्यु

धनगढी

   कञ्चनपुरकी एक सुत्केरीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । गर्भवती हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

  बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । सेती प्रादेशीक अस्पताल धनगढीमाबच्चा जन्माएकी महिलाको अशोज १४ गते पीसीआर जाँच गरिएको थियो । जसको रिपोर्ट पोजिटिभ आएको थियो । कञ्चनपुरको महेन्द्रनगर निवासी महिलालाई १५ गते कोहलपुरमा लगिएको थियाृ ।

 कोहलपुरमा ल्याउँदा महिला बेहोस रहेकी थिइन् । उनको आइतबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।