धनगढी पोष्ट
बुधबार, २१ असोज २०७७ मा प्रकाशित
धनगढी
धनगढीमा सक्रिय संक्रमितको संख्या झण्डै दुई सय पुगेको छ । मंगलबार सम्म धनगढी उपमहानरपालिकामा ८ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४८ महिला र एक सय ४३ पुरुष गरी एक सय ९१ जना संक्रिय संक्रमित रहेका छन् ।
मंगलवार थप १४ जनामा संक्रमण पुष्टि भएसंगै धनगढीमा संक्रमितको संख्या ८ सय १२ पुगेको हो । धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मी उपाध्यायका अनुसार दुई सय चार महिला र चार सय १४ पुरुष गरी ६ सय १८ जना कोरोना निको भएर डिष्चार्ज भएका छन् ।
संक्रिय संक्रमित मध्ये ३६ महिला र एक सय २० पुरुष गरी एक सय ५६ जना होम आईसोलेसनमा छन् भने १२ महिला र २३ पुरुष गरी ३५ जना मात्रै अस्पताल र आईसोलेसन सेन्टरमा रहेका जनस्वास्थ्य निरिक्षक उपाध्यायले जानकारी दिए ।