धनगढी पोष्ट
बुधबार, २१ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा बुधबार सम्म २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार सेतीको परिक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेशभर संक्रमित प्रहरीको संख्या २ सय २८ पुगेको हो ।
बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २२ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । उनीहरुलाई आईसोलेसनमा राखिएको विष्टले बताए ।
यसअघि मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा सहित चार जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार सम्म संक्रमण पुष्टि भएका २ सय २८ प्रहरी मध्य मध्य एक सय २४ जना संक्रमण मुक्त भएका छन् भने एक सय चार जना संक्रिय संक्रमित रहेका छन् ।