धनगढी पोष्ट
बिहिबार, २२ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा ८८ हजार भन्दा बढीको स्वाव परिक्षण गरिएको छ । प्रदेशमा बुधबार सम्म संकलित ८९ हजार ३ सय ३० स्वाव मध्य ८८ हजार २ सय ९० स्वावको परिक्षण भएको प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार परिक्षण भएका स्वाव मध्य ७ हजार ७ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संकलित स्वाव मध्य १ हजार ४० स्वावको नतिजा आउन वाँकी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा संक्रमण पुष्टि भएका मध्य बुधबार सम्म ६ हजार ६ सय ८८ जना संक्रमित निको भएका छन् । प्रदेशमा अहिले एक हजार ७४ जना संक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार दुई सय ३० जनाले कोरोना जितेका छन् भने पाँच सय ७० जना संक्रिय संक्रमित रहेका छन् । यस्तै अछामका एक हजार ३१ कोरोना मुक्त भएका छन् भने ५२ जना संक्रिय संक्रमित रहेका छन् ।
यसैगरी डोटीमा एक सय २४, कञ्चनपुरमा ९९,बझाङका एक सय नौँ, बैतडीमा ३३, डडेल्धुरामा १२, दार्चुलाका ७३ जना संक्रिय सक्रमित रहेका छन् ।