धनगढी पोष्ट
बिहिबार, २२ असोज २०७७ मा प्रकाशित
धनगढी
विभिन्न माग राख्दै २५ दिन देखी अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा सेती अस्पतालको ओपिडि सेवा १ घण्टा बन्द गरिएको छ ।
नेपाल चिकित्सक संघ सुदूरपशिचम प्रदेश अध्यक्ष डाक्टर प्रमोद जोशीका अनुसार बिहीबार बिहान १० देखी ११ बजे सम्म इमरजेन्सि बाहेकका सवै सेवा डाक्टरहरुले बन्द गरेका थिए । शुक्रबार सम्म केसी संग ठोस वार्ताका लागि सरकारले पहल नगरे शुक्रबारदेखी पूर्ण रुपमा ओपिडि सेवा बन्द गरिने अनले बताए ।
ओपिडि सेवा बहिस्कार गरेपनि इमरजेन्सि र कोरोनाको उपचारलाई निरन्तर सञ्चालन गरिने अध्यक्ष जोशीले बताए ।
‘सरकारले छिटो भन्दा छिटो डाक्टर केसी संग वार्ता गरेर समस्याको समाधान गरोस् भन्ने हाम्रो धारणा हो’ जोशीले भने–‘वार्तामा ढिलाई भए चिकित्सक कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुनेछन् ।’
६ बुँदे माग राख्दै डा. केसी विगत २५ दिन देखी अनसनमा बसेका छन् ।