कैलालीका १९ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका १९ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका १९ सहित सुदूरपश्चिमका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालमा गरिएको ३ सय १३ तथा डोटी अस्पतालको प्रयोगशालामा  गरिएको ६४ स्वाव परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 बिहीबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको ३ सय १३ स्वाव परिक्षणमा धनगढी उपमहानगरपालिकाका १२, गोदावरी ६, गौरिगंगा १ गरी कैलालीका १९, महाँकली १ र वेतकोट ४ गरी कञ्चनपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 यसैगरी बिहीबार नै डोटी अस्पतालमा गरिएको ६४ जनाको स्वाव परिक्षणमा अछामको साँफेबगर नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ल्याव इनचार्ज शौरभ श्रेष्ठले बताए ।