धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिम प्रदेशमा विहिवार थप ४१ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा विहिवार थप ४१ जनामा संक्रमण पुष्टि

धनगढी

  सुदूरपश्चिम प्रदेशका विहिवार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

 सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा तीन वटा प्रयोगशालामा गरि ६ सय २० जनाको कोरोना परीक्षण गरिएको छ ।

  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ सहित थप २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख   छ । बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका एक जना गरी कैलालीका १९ र कञ्चनपुरका पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

 विहिवार नै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ । ७४ जनाको कोरोना परीक्षण भएकोमा १० जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको साफेबगर नगरपालिकाका ६ पुरुष र ४ महिला गरी १० जनामा कोरोना पुष्टि भएको हो ।

 डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २९ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको छ ।