धनगढी पोष्ट
शुक्रबार, २३ असोज २०७७ मा प्रकाशित
धनगढी
शुक्रबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार संक्रमण पुष्टि हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेल्धुरा अस्पतालका एक जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २ जना, बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका एक÷एक जना रहेका छन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ३६ जनाको परीक्षण गरिएको थियो ।