धनगढी पोष्ट
शुक्रबार, २३ असोज २०७७ मा प्रकाशित
धनगढी
डोटी जिल्ला अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा डोटी जिल्ला अस्पतालमा गरिएको ५२ जनाको स्वाव परिक्षणमा अछामका ४ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा डोटीको के.आई.सिंह गाउँपालिकाका १ जना, अछामको बान्निगढी जयगढ गाउँपालिका २ तथा तुर्माखाँद गाउँपालिकाका २ जनामा रहेका छन् ।