शुक्रबार सुदूरपश्चिमका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार सुदूरपश्चिमका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि
file photo

धनगढी

 शुक्रबार सुदूरपश्चिमका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४९, डडेल्धुरा अस्पतालमा ७ र डोटी अस्पतालमा ५ गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको चार सय ९३ जनाको परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।  ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढीका २१, गोदावरीका ७ जना, भजनी नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका एक÷एक जनामा रहेका छन् ।

 सेतीको परिक्षणमा शुक्रबार नै कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिकाका २ जना, कृष्णपुर नगरपालिकाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 शुक्रबार नै सेतीकै परिक्षणमा डडेल्धुराको भागेश्वर गाउँपालिका र सुर्खेतको सिंगाढका एकजनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 यसैगरी शुक्रबार डोटी जिल्ला अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा डोटी जिल्ला अस्पतालमा गरिएको ५२ जनाको स्वाव परिक्षणमा अछामका ४ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा डोटीको के.आई.सिंह गाउँपालिकाका १ जना, अछामको बान्निगढी जयगढ गाउँपालिका २ तथा तुर्माखाँद गाउँपालिकाका २ जनामा रहेका छन् ।

 यस्तै डडेल्धुराको परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार संक्रमण पुष्टि हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेल्धुरा अस्पतालका एक जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २ जना, बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका १÷१ जना रहेका छन् ।

 उनका अनुसार डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६  जनाको परीक्षण गरिएको थियो ।