धनगढी पोष्ट
शनिबार, २४ असोज २०७७ मा प्रकाशित
धनगढी
कंचनपुरको बेलौरी नगरपालिका सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि बेलौरी नगरपालिका आज देखि एक हप्ताका लागि सिल गरिएको छ ।
तीन कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएपछि एक हप्ताका लागि सिल गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले असोज २९ गते सम्मका लागि नगरपालिका सिल गरिएको जानकारी दिए ।