धनगढी पोष्ट
शनिबार, २४ असोज २०७७ मा प्रकाशित
धनगढी
नेपाली सेनामा कार्यरत १ जना सहित जिल्ला अस्पताल डोटीको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा डोटी अस्पतालमा गरिएको ३८ जनाको स्वाव परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज अनुराधा निरौला कार्कीले बताइन् ।
उनका अनुसार शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा नेपाली सेनाका १ जना सहित दिपायल सिलगढी नगरपालिकाका र के.आई.सिंह गाउँपालिकाका १÷१ जना रहेका छन् ।