धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपशिचमका थप ५६ जनामा कोरोना पुष्टि

सुदूरपशिचमका थप ५६ जनामा कोरोना पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पताल धनगढी र डोटी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा शनिबार थप ५६ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 शनिबार सेती अस्पतालमा गरिएको ५ सय २२ जनाको स्वाव परिक्षणमा कैलालीका ३५, कञ्चनपुरका १७ र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको हो भने डोटीको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ । 

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ३२बर्दगोरिया गाउँपालिकाका २ जना र गोदावरी नगरपालिका१ का एक जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, पुर्नवासका ५ जना, शुक्लाफाटा नगरपालिकाका ४ र बेदकोट नगरपालिकाका २ जनामा संक्रमण पुष्टि हुँदा दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 यसै गरी डोटी अस्पतालमा गरिएको नेपाली सेनामा कार्यरत १ जना सहित दिपायल सिलगढी नगरपालिकाका र के.आई.सिंह गाउँपालिकाका १÷१ जना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज अनुराधा निरौला कार्कीले बताइन् ।