धनगढी उप–महानगरपालिकाका ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी उप–महानगरपालिकाका ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी उपमहानगरपालिकामा एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार सेती प्रादेशिक अस्पतालको परिक्षणमा वडा नम्बर १२ का १० सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा इन्चार्ज लक्ष्मिराज उपाध्यायले बताए ।

 उनका अनुसार संक्रमण पुष्टि हुनेका धनगढी१ का ४ जना, वडा नम्बर, १४, १७ का २÷२ जना गरी ६ जना, वडा नम्बर, १३, १५ का १÷१ जना गरी ३ जना, वडा नम्बर१२ का १० जना र वडा नम्बर१८ का ९ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।