धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

धनगढी उप–महानगरपालिकाका ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी उप–महानगरपालिकाका ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी उप–महानगरपालिकामा एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार सेती प्रादेशिक अस्पतालको परिक्षणमा वडा नम्बर १२ का १० सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखा इन्चार्ज लक्ष्मिराज उपाध्यायले बताए ।

 उनका अनुसार संक्रमण पुष्टि हुनेका धनगढी–१ का ४ जना, वडा नम्बर–५, १४, १७ का २÷२ जना गरी ६ जना, वडा नम्बर–७, १३, १५ का १÷१ जना गरी ३ जना, वडा नम्बर–१२ का १० जना र वडा नम्बर–१८ का ९ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।


ट्रेन्डिङ