धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025
सरकार र डा. केसीबीच ८बुँदे सहमति, अनसन आज तोडिने

गेटा मेडिकल कलेजमा २०८० भित्र एमबीबीएसको पढाई हुने

काठमाडौ

शनिवार राती सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएको     छ । सहमती पछि डा. केसीको जारी अनसन आज तोडिने भएको छ ।

  २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

 सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ । यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

 यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख   छ ।

 सहमति अनुसार कैलालीको गेटामा निर्माण भएको गेटा मेडिकल कलेजमा पनि २०८० साल भित्र पढाई शुर हुने भएको छ । यसैगरी डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना हुने सहमतिमा उल्लेख छ ।